ranavir-and-catrina

प्रेमीजोडी रणवीर कपुर र क्याट्रिना कैफ छुट्टिएको खबर छ । भारतीय अनलाइन मिडियाले उनीहरू केही दिनयता छुट्टाछुट्टै बस्न थालेको खबर फैलाएका छन् । क्रिसमस पार्टीमा बाल्कोनीमा चुम्बनरत अवस्थामा भेटिएका उनीहरूबीच ‘तमासा’ फिल्म रिलिजअघिदेखि खटपट सुरु भएको बताइन्छ । ‘अजब प्रेमकी गजब कहानी’ फिल्मको सुटिङका क्रममा ६ वर्षअघि उनीहरू नजिकिएका थिए । त्यसको केही समयपछि आफूहरू अफेयरमा रहेकोसमेत स्वीकारेका थिए । उनीहरू ६ महिनाअघिदेखि कार्टर रोडस्थित फ्ल्याटमा सँगै बस्दै आएका थिए । रणवीर क्याट्रिनासँग सम्बन्धविच्छेद गरेर केही दिनअघि आफ्ना बाबुआमाको घर गएर बसेको बताइन्छ । क्याट्रिना भने त्यही फ्ल्याटमा एक्लै बस्ने गरेको दाबी मिडियाको छ । उनीहरूबीच ब्रेकअप हुनुमा दीपिका पादुकोण प्रमुख कारण भएको बताइन्छ । तमासा सुटिङ तथा रिलिजका क्रममा उनीहरू निकै निकट भएका थिए ।

तपाईको प्रतिक्रिया