lathi-julus

माघ ३, सर्लाही । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज मध्य तराईका जिल्लाहरुमा लाठी जुलुस प्रर्दशन गरेको छ । पछिल्लो समय मधेसी मोर्चाको आन्दोलन कमजोर भएको टिप्पणीलाई चुनौती दिंदै आज तराईमा बिशाल लाठि जुलुस निकालिएको हो ।

पछिल्लो पटक आन्दोलनमा स्थानीय आउन छाडेका थिए । आन्दोलन कमजोर भएपछि तराईका बजार, पसल, यातायात, उद्योग, कलकारखाना सञ्चालनमा आएका छन् भने आन्दोलनमा सरिक कतिपय आन्दोलानकारीहरु आफ्नो ब्यबसायमा फर्किसकेका छन् । सरकारसंग बार्ता जारी रहेको र दैनिक आन्दोलनले खासै असर नदेखिएपछी नेताहरुले काठमाडौँमा बार्ताको प्रयास, मधेशको जनजीवन सामान्य बनाउने र परि आए आन्दोलनमा फेरी उत्रिने रणनीति अपनाएका कतिपयको बुझाई छ ।

यसैबीच आज मध्य तराइका बिभिन्न जिल्लामा लाठी जुलुससहितको पर्दर्शन गरियो । अरु जिल्लामा लाठि जुलुस निकाल्नेहरुको संख्या कम देखिएपनि सर्लाहीमा भने उल्लेख्यको उपस्थिति देखियो । आन्दोलनको केन्द्र मानिएको वीरगन्ज, कलैयामा र रौतहट लगाएत केहि जिल्लामा आन्दोलनमा उत्रिनेको संख्या निकै कम थियो ।मधेसी मोर्चाले संविधान र प्रदेश सीमांकनप्रति असन्तुष्टि जनाउँदै १५४ दिनदेखी बन्द, हडताल र ११४ दिनदेखीको नाकाबन्दीलाई जारी राख्दै आएका छन् । यसै बमोजिम आज पनि मोर्चाका कार्यकर्ताले वीरगंज, बारा, रौतहटलगायतका जिल्लाहरूमा लाठी जुलुस प्रर्दशन गरेका हुन्।साझासवालबाट

 

तपाईको प्रतिक्रिया