काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारीक फेसबुक पेजबाट डिलिट गरिएकाे छ । पेज कसले डिलिट गरेकाे केही भनिएकाे छैन । डिलिट भएकाे पेजबाट बिहीबार ‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने खोज्नु भएका बासिन्दाहरूलाई मध्यनजर गर्दै आज बसेको उच्चस्तरीय समितिको बैठकले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ’ भनेर सूचना जारी भएकाे थियाे । त्यसको केहीबेरमा सोही पोष्ट तल अपडेट भर्न्दै अर्को जानकारी थपिएकाे थियाे – ‘स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ। ‘

सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सहज जानकारी बाँड्न प्रधानमन्त्री कार्यालयले खोलेको फेसबुक पेजबाट छिनको छिनमै आएको फरक फरक जानकारीका कारण सामाजिक सञ्जाल प्रयोगकर्तामा द्धिविधा उत्पन्न भइसकेको थियो । प्रधानमन्त्री कार्यालयको फेसबुक पेजबाट केही बेरमा यो पोष्ट हट्यो । पोष्ट भएको केही बेरमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फेसबुक पेज नै निस्क्रिय बनेको छ । ओपीएमसीएमएनपी नामक युजरनेम रहेको फेसबुक पेज बिहीबार साँझदेखि निस्क्रिय छ। प्रधानमन्त्री कार्यालयजस्तो संवेदनशील निकायले सूचना प्रवाहमा गरेको लापरबाहीलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले काठमाडौंमा अलपत्र परेका व्यक्तिहरूलाई घर जान सहज बनाउन शुक्रबार र शनिबार यातायात खुला गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा पोष्ट अपडेट गरिएको स्रोतको दाबी छ । प्रधानमन्त्री कार्यालयको फेसबुक पेज कसले चलाउँछ, यसमा जानकारीहरु कसले पोष्ट गर्छन् भन्ने बिषय बाहिर आएको छैन ।

उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेल आफैंले सञ्चार माध्यममा शुक्रबार र शनिबार यातायात खुला गर्ने भनी आएको समाचार गलत भएको फेसबुकमा लेखेका छन् । डिलिट भएकाे फेसबुक पेज फेसबुकले मान्यता दिएकाे पेज हाे । दैनिकनेपालबाट

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया