- निशान प्रकृति थारु

चैत गेलै बैशाख येलै….यैलै सिरुवा धाम हौ …भौजि चढतै बैल गडी.. ददा बहलमान हौ ।।

चैत लाग्ने वितिकै थारु वस्तीमा हर्ष, उल्लासको रौनिक संगै खेतवारीमा भएको दाल गहुँ, काट्ने भिञ्याउने चटारो हुन्छ, घर आगँनलाई माटोको सेतो, पहिलो र रातो रङ्गले लिपपोत गरिन्छ । घरको भित्तामा रङ्गी विरङगी थारु कोहबरले बेहुझै सिङगारिन्छ । बाल बच्चाहरुले नयाँ लुगा पाउँछन, थारु समुदायको वस्ती–वस्तीमा यस किसिमको खुशीयाली प्रत्येक बर्षको बैशाख भरी जुड शितल पर्व तथा सिरुवा मेलाले लिएर आउँछ । थारु समुदायलाई नेपालको सबभन्दा प्राचिन आदिवासी जातिको रुपमा चिनिन्छ । थारुको आफनै भाषा, संस्कृति, चाडपर्व, साहित्य तथा गीत,संगित रहेको छ । परापुर्वकालदेखि प्रकृति पुजक भएर गाउँमा भएको शिराथान लगयात ग्रामथानमा पुजा–आजा गर्दै आइरेहको चलन अहिले सम्म रहेको छ ।

नयाँ सालको सुखद उपलक्ष्यमा आफना परिवारको सुख, शान्ति तथा समृद्धिको लागि परिवारको जेठो सदस्य तथा मान्यजनसंग आर्शिवाद लिने चलनलाई जुड शितल भनिन्छ । यो सिरुवा पर्व प्रत्येक साल बैशाख १ गते मनाउने चलन रहेको छ । बैशाख १ लाई जुड शितल पनि भन्ने गरिन्छ । सिरुवा पर्वलाई बैशाख संक्रान्ति भनिन्छ, यस दिन सुर्य मेष राशिमा प्रवेश गर्दछ । यस दिन पुर्वमा बसोबास गर्ने थारु समुदायले धुमधामका साथ जुडशितल पर्व मनाउँछन । विहानै उठेर घर, आगँन लिपपोत गरी, नुहाई धुवाई गरेर घरको कुल देउतालाई शितल (पानी) चढाउँछ । त्यपछि उक्त शितल लिई घरको छानो लगायत घरपरिवारका ठुला बडाको खुट्टामा चढाई सानाले आर्शिावद लिने चलन रहेको छ । चैत बैशाख हावा हुन्डरीको महिना भएकोले आगलागीको सम्भवना बढी हुन्छ, त्यसैले घरको छानोमा जल छर्किने काम गर्दछ । जल सहित मान्यजन संग आर्शिवाद लिनाले शरीरमा रोग व्याधी नलाग्नुका साथै बर्ष भरी उन्नति प्रगति हुने जनविश्वास रही आएको छ ।

बैशाखको सुरुवात संगै तराईको थारु वस्ती लगायत शहर बजारमा धुमधामका साथ सिरुवा मेला लाग्ने गर्दछ । मेलामा पौरानिक नौटङकी, नाटक, कुस्ती तथा तमसा देखाउने खेल मनोरञ्जन गर्ने चलन रहेको छ । सिरुवा पर्वको धार्मिक, समाजिक, आर्थिक साथै ऐतिहासिक रुपमा थारु प्रतिष्ठाको रुपमा उजागर गरेर संस्कृतिको विकासमा टेवा पर्याउने समेत काम गर्दछ । सुनसरीमा प्रख्यात सिरुवा मेलाहरु पञ्चाहैन, उब्धी,कचना, डोरा, सिंगिया, जब्दी, डाकिन झुम्का, मधेशा, एकम्बा, जहदा, इनरुवा, कशंमरान, डुम्रहा, ढोक,बक्लौरी, अन्रामन्ढ, नडहा, चनरमैन मेलाहरु बैशाख भरी यस ठाउँमा धुमधाम लाग्ने गर्दछ । त्यसै गरी सप्तरी, सिरहा, उदयपुर, रौटहत, बारा, पर्सा, धनुषा, चितवन, दाङ, कैलाली लगायत कञ्चनपुर जिल्लाहरुमा पनि मेलाहरु लाग्ने गर्दछ ।

थारु, मैथली, मधेशी समुदायले आ–आफनौ तौर तरिकाबाट धुमधामका साथ सिरुवा तथा जुड शितल पर्व मनाउने गर्दछ । सिरुवाको अर्थ शिर मुल शब्दमा उवा प्रत्यय लागेर बनेको हो । शिरको अर्थ सुरु उवाको अर्थ साल अर्थात शुरुवात र पहिलो बर्ष बुभिन्छ । यस दिन थारु राजा अशुंवर्माको समयमा विक्रम सम्बत शुरु गरिएको शिक्षक तथा थारु विश्लेषक छविलाल चौधरीले जानकारी दिएका छन । उनको भनाई अनुसार सिरुवा पर्व एक आपसमा खुशयाली साथ शुभकामना आदान–प्रदान गरी मनाउँछन । यो पर्व शान्ति, सदभाव तथा एकताको रुपमा थारु समुदायले मनाउदै आइरहेको जनाएका छन । थारु समुदायले आफनो शिराथानको आधारमा मेला लाउने चलन रहेको छ । शिराथानमा आ–आफनो भाकल ( कौवलापाती)को आधारमा सुपारी, पान, लडु, फुल, घोडाघोडी लगायत खशी, बोकाको बली दिएर पुजा गर्ने चलन पौरानिकाल देखिनै रहि आएको जन विश्वास रहेको छ ।

सिरुवा पर्वमा थारु समुदायले विभिन्न परिकार बनाई खाने चलन रहेको छ । त्यस दिन रोटी,बरी, पापड, ढुङरी, कचरी, पकौडा, दही,दुध लगायत माछामासु खाई आफन्तकोमा गई धुमधामले मेला भर्ने गर्दछ । बर्ष भरीको आर्थिक अवस्थाको नापजोख पनि समेत गरिन्छ । थारु समुदायले पहिले–पहिले सिरुवा मेला भरी आफनै भेषभुषा सजिएर बेलगढीमा सामुहिक रुपमा सिरुवा मेला भर्न जान्थ्यो । गाँउभरी नै रमाइलो हुन्थ्यो । तर अहिले आएर सिरुवा मेलाको रौनकता कता–कता हराई रहेको आभाष भईरहेको छ । थारु समुदायले पौरानिक संस्कृतिलाई ग्रहन नगर्दा मेला वा व्यापारी केन्द्र जस्तो बनिरहेको छ । थारु युवा पुस्ताले मौलिक संस्कृति अनुसरण नगर्दा अझेलमा पर्ने खतरा रहेको छ । त्यसैले जब सम्म पहिचान कायम रहन्छ तव सम्म अस्तित्व जीवित रहन्छ । थारु समुदाय संस्कृति र संस्कारमा निकै धनि छन यस धनलाई जोगाउनु प्रत्येक थारुहरुको दायित्व र कर्तब्य हो । विश्व भरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले गर्दा यस बर्षको सिरुवा मेला कतै नलाग्ने भएको छ । विधिवत रुपमा भिडभाड नगरी पुजा अर्चना मात्रै गर्न पाउने सरकारले निर्देशन दिएको छ ।

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया