DSC08666
इनरुवा माघ ३/
सुनसरी प्रहरीले लागुऔषध सहित स्थानीय एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले लागुऔषध घरमा लुकाइ राखेको सूचनाका आधारमा छापा मारेको थियो ।
श्रीपुर जब्दी स्थित रहेको रामनाथ यादवको घरमा खोजतलासका क्रममा लागुऔषध फेला परेपछि २३ वर्षिय रामनाथ यादवलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ । यादवको घरबाट कोरेक्स १सय४७ बोतल र स्पास्मो प्रोक्सिवन ट्याबलेट २ हजार १६ पिस बरामद भएको थियो । बरामद लागुऔषध सहित पक्राउ परेका यादवलाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया