- अमर काफ्ले

इनरुवा। सुनसरीमा भोलिबाट अत्यावश्यक पसल खोल्न दिइने भएको छ ।जारी लक डाउनलाई कडाई गर्दै आएको प्रशासनले भोलिबाट भने अत्यावश्यक सरसामानको खरीदमा कम असुविधा पर्ने गरी छुट दिन लागेको हो । सुनसरी प्रशासनले दैनिक उपभोग्य सामान खरीदमा देखिएको असहजता हटाउँदै साँझ हुने भिडलाई व्यवस्थित गर्न समय निर्धारण गरी अत्यावश्यक सेवा प्रवाहको बन्दोवस्ती मिलाइउन सम्वधित निकायलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार विहान ७ बजे देखि १० बजे सम्म बजार पसल खुल्न सक्ने छ । जसकालागि स्थानीय निकाय र उद्योग वाणिज्य संघले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् । प्रजिअ पौडेलका अनुसार उद्योग वाणिज्य संघले आवश्यकताका आधारमा सर्ट लिष्ट जारी गरी तोकिएका पसल मात्रै खोल्न पाइने छन् । कुन पसल खोल्ने भन्ने अन्तिम निर्णय भने सम्वन्धित क्षेत्रको उद्योग वाणिज्य संघमा निहित हुने छ । जसले आवश्यकताका आधारमा स्थानीय तहसँगको समन्वयमा निर्णय गर्न सक्ने छ ।



चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020




सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया