दुनियालाई नै बिषम परिष्थितिमा अवतारित गर्ने महामारी सयौँ वर्षको अन्तरालमा देखिने गरेका छन्। यस्तै २०१९ दिसंवर ३१ वुहान, चीनमा पहिलो पटक देखा परि अहिले सम्ममा २१६ देशलाई चपेटामा पारिसकेको नोभेल कोरोना भाईरसबाट लाग्ने कोभिड(१९ रोगले विश्व महामारीको रूप लिसकेको छ। यो एक नयाँ प्रकारको र राजाको ताज जस्तै आवरण भएको सुक्ष्म भाइरस हो। यसबाट मेई १५ सम्ममा हेर्दा विश्वमा ४५ लाख भन्दाबढी र नेपालमा २५८ जना संक्रमित भइसकेका छन्।

कोभिड(१९को नयाँ संक्रमित संख्या तीव्र रूपमा बढि रहेको छ। यसको ग्राफ हेर्दा तीव्र बढेको देखिन्छ। यस ग्राफलाई सम्म ९ाबित० बनाउन विभिन्न देशले भिन्नभिन्न विकल्पहरू अपनाएको पाइन्छ। चीनले लकडाउन अपनाएर ग्राफलाई सम्म पार्यो भने साउथ कोरियाले मास परिक्षणको माध्यमले।विभिन्न विकशित देशले पनि यसको कहर थाम्न नसकिरहेको दृश्य हामीसामु प्रस्ट नै छ। अमरिका जस्तो देश पनि यसको कहरले थर्र् भएको सबैलाई अवगतै छ। यस्तो विषमं परिस्थितिमा नेपालमा पनि लकडाउनको निणय लिई कार्यान्वयन गरिएको छ। सरकारी कार्यालय देखि लिएर निजि उदॄयम, व्यवसाय सबै ठप्प छन्। अर्थतन्त्र र जनजीवन पनि उत्तिकै प्रभावित बनेको छ। लकडाउनको सुरूसुरूमा प्रभावकारी देखिए तापनि अहिले प्रभावकारीता घट्दो रूपमा छ।

मैले मानिसहरूका व्यवहार निहाल्दै आईरहेको छु। मैले उनीहरूको व्यवहारमा भारी भिन्नता बोध गरेको छु। प्रस्ट पार्दै भन्दा मानिसमा जनचेतनाको कमी भनौकी घरमा पटाइ लाग्दो बसाई र दिमाग प्रयोगको कमीले मन्द बुद्धि भएको भनुँ ? मानिसहरू लकडाउनको वेवास्था गर्न थालेको आफ्नै गाउँघरमा, छेउछाउमा देखिराखेको छु। लकडाउन त मान्छेहरूको लागि भेटघाट गर्ने सुनौलो अवसर बन्दै गएको रहेछ। जुवाडे मान्छेहरूलाई त झन तास खेल्न नै सरकारले विदा मिलाइदिएको जस्तो भएको आभास भइरहेको छ। गाउँघरमा मानिसहरू भिडभाड गरिरहेको, जमघट गरेर गफ गरिरहेकोले एक सच्चा नागरिकको मनलाई मर्माहित तुल्याएको छ। आज एउटा व्यक्ति जो शिक्षित छ,उसलाई घरमै बस्नुस् , काम नपरी नहिँड्नुस , तपाईँ जस्तो शिक्षित नागरिकले स्वपालना नगरे अरूले गर्छ तरु भन्दा, आज अन्तिम दिन हिँडेको भन्ने जवाफले त मेरो मननै छियाछिया बनाइदिएको छ। म उहाँहरूलाई यो प्रश्न सोध्न चहान्छुकी , यो लकडाउन कस्का लागि ? के लकडाउनको अर्थ प्रहरीलाई देखाउनका लागि घरमा बस्नु हो ? प्रहरीले नदेखेको बेलामा कोरोना संक्रमण सम्भव छैन ? के तपाईँले आफ्नो शिक्षादीक्षा पकाएर खाईसक्नुभयो ? तपाईंको कारणले तपाईंको परिवारको सदस्यको , समाजका एक देशभक्त नागरिकको ज्यान गयो भने , त्यसको जीम्मेवारी वहन गर्न सक्नुहुन्छ ? दोष लिएर बाँच्न गाह्रो हुदैँन र ?

हो यी प्रश्नहरूको जवाफ तपाईँहरूसँग नहोला र दिनुपर्ने परिस्थितिमा पनि नपुगौँ भन्ने कामना गर्दछु । तर यसको लागि नागरिक आफैँनै जागरूक हुन पर्दछ । केही दिन नहिँड्दैमा मरिँदैन भनेर बुझ्न जरूरी छ , घरमै बसेर व्यायाम गरी आफ्नो शरीरलाई सुदृढ गर्ने समय हो । विश्वमा अहिले सम्म धेरै भाइरसहरुको खोप बन्न सकेका छैनन् त्यस्तै कोरोना भाईरसको खोप बनाउन पनि आजका मितिसम्म हामी असमर्थ रहेकाछौँ । एक वर्ष भित्रमा यसको खोप बन्छ भन्ने बिज्ञहरूको भनाइ पशुपतिनाथको कृपाले शिघृ पूरा होस भन्ने कामना गर्दछौं । अहिलेको यस विश्वव्यापि महामारीमा प्रत्येक देशले स्वास्थ सेवाको पूर्ण क्षमतामा प्रयोग गरेका हुन्छन् जसलेगर्दा विरामी संख्यामा थोरै पनि वृद्धि आयो भने धान्नलाई ठाउँनै खाली हुँदैन । हामीले के मिथक सुनेका छौँकी यसको लक्षण सामान्य भएकाले डराउनैपर्दैन तर डराउनपर्दैनको अर्थ यो हैनकी सावधानीको पृष्ठभूमिलाई नै बिर्सेर भिडभाड गर्नु । अरे तपाईंका हुनुहुन्छ जब अमरिका जस्तो सर्वश्रेष्ठ स्वास्थ्य सेवा भएको देश त खलबलिरहेको छ । यसको मृत्यु दर कम भए पनि संक्रमण संख्या निकै धेरै छ र त्यही दरले हिसाब गरेपनि मृत्यु संख्या निकै पुग्दछ त्यो कुरा मानसपटलमा राख्न जरूरी छ र अर्को कुरा यदी कृटिकल केशमा पुग्यो भने मृत्युदर ८० प्रतिशत भन्दा बढी पाइएको छ । त्यसैले हाम्रो देश नेपालका लागि रोकथाम नै सर्वश्रेष्ठ उपाय भएको ठानेका छौं ।

हाम्रो देशको लागि के यो अशान्ति अगाडिको शान्ति त हैन रु हामी देशका सच्चा नागरिकले यो कुरा बुझौँ र संक्रमण नियन्त्रण गरेर जोग्यौँ । भनिन्छ नी “प्रिभेन्सन इज बेटर देन कियूर“ किनकी यदि नेपालमा यो भाइरसको आउटब्रेक भयो भने परिस्थिति यस्तो भयावह हुन्छकी कल्पना पनि गर्न सकिँदैन । त्यसैले म प्रत्येक जनतालाई पिस्थिति बुझेर कोभिड(१९ को अहिलेको सन्दर्भमा दीर्घकालिन उपाय लकडाउनको पूर्ण स्वपालना गर्न आह्रवान गर्न चाहन्छु । यो भाइरसबाट संक्रमण भएपछी लक्षण देखिएको तीन दिन भित्रमा सबैभन्दा बढी सरूवा हुन्छ तर त्यो भन्दा अगाडि र पछाडि पनि नसर्ने चाहिँ हैन भन्ने जानकारी प्रस्तुत गर्दछु । हामीले प्रभावकारी लकडाउन गर्ने हो भने एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्न सक्दैन अर्थात भाइरसको जाने ठाउँ नै बाँकी रहँदैन र यसको कहर साम्य हुँदै जान्छ । त्यसैले एकदमै नगरीनहुने काममा मात्र जरूरी सुरक्षा विधि प्रयोग गरेर जानुपर्छ । जमघट भिडभाडको बिरोध गर्नुपर्छ र जिम्मेवार नागरिक बन्नुपर्दछ । प्रतिरोधक शक्तिलाई दरो बनाएर , स्वास्थ्यकर खानपानमा ध्यान दिएर , व्यायाम गरेर र नागरिक स्वजागरूक भए कोरोना बिरुद्धको युद्धमा अवस्य नै विजयतिलक लगाउन हामी सफल हुनेछौँ ।

लेखकः दिवस कार्की











तपाईको प्रतिक्रिया