कोरोना भाइरस संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु नभएको भन्दै क्रिमसन अस्पतालले प्रेष विज्ञपति जारी गरेको छ। कोरोना भाइरसबाट संक्रमित गुल्मीका ४१ वर्षीय पुरुषको हाल आइसियु कक्षमा उपचार भै रहेको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालले जारी गरेको प्रेष विज्ञपतिमा उल्लेख गरिएको छ। निज बिरामिको अवस्था गम्भिर रहेको समेत प्रेष विज्ञपतिमा उल्लेख गरिएको छ।

“नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो” भन्ने शिर्सकमा हामीले आज मात्र समाचार प्रकाशित गरेका थियौ। अस्पतालले उनी जिउँदै रहेको भन्दै प्रेष विज्ञपति जारि गरि सके पश्चात हामीले प्रकाशित समाचरमा तथ्यगत त्रुटी भएकाले हाम्रा आम पाठक वर्ग तथा बिरामीका परिवारजनमा पर्न गएकाे मर्काप्रति क्षमायाचना गर्दछाैं।








तपाईको प्रतिक्रिया