आज दिउसो स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालमा २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो संगै नेपालमा अब कुल संक्रमितको संख्या ४ सय २७ पुगेको छ। स्वास्थ्य मन्त्रालयकाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्।

प्रवक्ता देवकोटाका अनुसार बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। संक्रमितहरूकाे स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








तपाईको प्रतिक्रिया