इन्टरनेट सेवा प्रदायक कम्पनी TechMinds Network ले लक डाउनको समयमा खटिने आफ्ना सबै कर्मचारीहरुको स्वास्थ बिमा गरिदिएको छ ।
कोरोना महामारीका बिच समेत सेवा प्रवाह गर्नु पर्ने भएको हुँदा जोखिम मोलेर काममा खटिने कर्मचारीहरु सबैको हकमा कोरोना बिमा गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको मनोवल नखस्कियोस भन्ने उद्येश्यले बिमा गरेको कम्पनीले जनाएको छ ।
अत्यावश्यक सेवा सरह बनेको इन्टरनेटको पहुँचबाट बञ्चित हुन नदिन आफ्ना कर्मचारीहरु अहोरात्र खटिरहेको समेत TechMinds ले जनाएको छ । पछिल्लो समय इन्टरनेट सेवा अत्यावश्क बन्नुका साथै माग समेत बढ्दो क्रममा रहेकाले निरन्तर सेवा प्रवाह गर्न खटिएका कर्मचारीको हकमा बिमा सहित सेफ्टी सामाग्रीको समेत उपलब्धता गराइएको उसले जनाएको छ । कर्मचारीहरुको नियमित स्वास्थ्य जाँच समेतको व्यवस्था मिलाइएको TechMinds Network प्रा.लि.ले जनाएको छ ।

तपाईको प्रतिक्रिया