- दिलिप कुमार साह

सप्तरी । कोरोना भाइरसविरुद्ध सरकारद्वारा देशैभरि जारी गरिएको बन्दाबन्दीका कारण किसानहरुले उन्नत जात धानबालीको बिउ खरिद गर्न समस्या भईरहेको छ । स्थानीय राजविराज लगायत जिल्लाका बजारहरुमा बिउजिनका पसलहरु खोजन थालेका छन् । पटक–पटकको वर्षाले जग्गा सिंचित रहेको हुँदा धानको ब्याड तयार गर्ने तरखरमा रहेका छन् सप्तरीका किसानहरु । असार महिनामा धान रोपाईका लागि अहिले खेतमा विउ राख्न खेतलाई तयार गरी किसानहरु उन्नतजातका बिउ खरिद गर्न विभिन्न बजारहरुमा भौतारि रहेको छ । असार महिनामा धान रोपाइँका लागि अहिले नै बिउ राख्नुपर्ने भएकोले त्यसबेला रोपाइँका लागि उपयुक्त हुने हुँदा धान बिउ खरिद गर्न किसानहरुलाई धौ-धौ भईरहेको छ ।

जिल्लाका किसानहरुले कान्छी, सोना, मंसुली, राधा, कतरनी, चनमचुर जस्ता जातका धानका बिउ खरिद गर्नको लागि राजविराज आईरहेको स्थानीय ब्यापारी घुरण यादवले जानकारी दिए । कम समयमा छिटो र अधिक उत्पादन हुने जातका धानको विउ खरिद गर्न आउने गरेको यादवले बताए। धान लागि खेत तयार भइसकेको भन्दै सप्तरीको राजगढ गाउँपालिका -५ का किसान रामबाबु साहले बजार बन्द रहेकोले हामी किसानहरु धानको लागि राम्रो विउ खोज्दैछौ तर बजार बन्दले गर्दा विउ पाउनै मुस्किल भईरहेको छ । धान बिउ राख्न खेतलाई राम्ररी खनजोत गर्नुपर्ने हुँदा खेतमा सिंचित रहेका तथा बिउ राख्न उपयुक्त रहेको हुँदा तयार गर्न कुनै समस्या नरहेकोले बिउ खरिदमा लागेको साहले बताए । जिल्लामा कुल ७० हजार हेक्टर क्षेत्रफल जग्गामा धान उत्पादन हुने गरेको जानकारी दिदै कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दिनेशप्रसाद यादवले सुख्खा पनि नहुने र पर्याप्त पानी पनि नहुँदा किसानहरु राम्ररी धानको ब्याड तयार गर्न नसकिने हुँदा अहिले बिउ राख्ने उपयुक्त समय रहेको बताए । अहिले राखिएको बिउ धान रोपाइँ बेला तयार भइसक्ने बताए । यता बजारमा खुला रुपमा पाइने उन्नतजात भनिएका बिउहरु परिक्षण, जाँच तथा अनुगमन गर्ने संयन्त्र नहुँदा किसानहरु ठगिन सकिने प्रबल संभावना रहेको किसानको कथन छ । उन्नत जातका बिउहरु स्थानीय तहले उपलब्ध नगराउँदा बिउका लागि किसानहरु विभिन्न बजारमा भौतारिनु परेको छ ।








तपाईको प्रतिक्रिया