बङ्गलादेशको चक्रवात अंफुनका कारण हिजो देखिनै देशको विभिन्न भागहरुको मौसममा परिवर्तन भएको छ । मौसममा परिवर्तन आएसँगै अहिले पूर्वका विभिन्न स्थानहरूमा वर्षा भैरहेको छ । अहिले बङ्गलादेशको आसपासमा रहेको चक्रवात अंफुन कमजोर भई निम्न चापीय प्रणालीको रूपमा रहेको छ । यसैको असरले नेपालको पूर्वी भू–भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पूर्वी भू–भागमा सामान्य बदली, मध्य भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पूर्वी भू–भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भू–भागका केही स्थानहरू र मध्य तथा पश्चिमी पहाडी भू–भागका एक, दुई स्थानहरूमा मेघगर्जन, चट्याङ्, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । इनरुवा, इटहरी, धरान, बिराटनगर, झुम्का, दुहबी लगायतका पुर्वी क्षेत्रहरुमा मौसममा परिवर्तनको असर परेको छ।








तपाईको प्रतिक्रिया