नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थप संक्रमितको जानकारी दिएका हुन। आज विहान मात्र ३० जना नयाँ संक्रमित भेटिएको अवस्थामा दिउँसो पुनः २० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा शुक्रबार दिउँसो सम्ममा संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमितहरुमा १४ जना बाँकेका, ३ जना कैलालीका, १ जना डडेल्धुरा, १ जना बैतडीका र १ जना मोरङ्गका छ्न । उनीहरु सबै पुरुष भएको बताइएको छ । यस्तै निको हुनेको संख्या ७० पुगेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।








तपाईको प्रतिक्रिया