स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारि अनुसार कोरोना संक्रमित तीब्ररुपमा वृद्धि हुने क्रममा शुक्रबार साँझ पुनः नौ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बारामा ६ जनामा कोरोना संक्रमण भेटिएको छ । त्यसैगरि सप्तरी, मकवानपुर तथा भक्तपुरमा एक-एक जना गरी थप ३ जनामा कोरोना संक्रमण भेटिएको छ । यस सँगै संक्रमणको संख्या ५१६ पुगेको छ ।








तपाईको प्रतिक्रिया