स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार बिहान मात्र ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना पुरुष गरि ३२ जनामा कोरोणा संक्रमण पुष्टि भएको हो । बाराको करैयामाई गाउँपालिका १ जना पुरुष, कपिलवस्तुमा १ महिला सहित ८ जना, रुपन्देहीमा ८ जना पुरुष, चितवन र काठमाडौंका १-१ जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने ७० जना निको भएर घर फर्किएका छन् ।







तपाईको प्रतिक्रिया