गोठगाउँ / प्रदेश सरकारले सुन्दरहरैचाको गोठगाउँ स्थीत पूर्वाञ्चल विश्वविद्यालय कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गर्ने भएकाे छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । संक्रमितहरु अस्पतालमा आएर भर्ना हुन समय लाग्ने गरेको बताउँदै उनले संक्रमित भर्ना हुनुअघि अनलाईनबाट वेड बुक गर्न सक्ने प्रवन्ध गरिएको मन्त्री घिमिरेले बताए ।

संक्रमितले वेड वुक गरेपछि वेड नं. र वेडको लोकेसनका आधारमा भर्ना हुनेछन् ।’ उनले भने ‘संक्रमण देखिएको स्थानबाट एम्वुलेन्सले अस्पताल ल्याएर छाड्ने र संक्रमित सोझै वेडमा पुग्ने गरिको व्यवस्थापन मिलाइएको छ ।’ अनलाईन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ ।








तपाईको प्रतिक्रिया