rangeli jhadap

रंगेली, माघ ७/
मोरङको रंगेलीमा प्रहरीको गोली लागि एक महिलाको मृत्यु भएको छ। रंगेलीमा युवासंघले आयोजना गरेको कार्यक्रम विथोल्न पुगेका मोर्चाका कार्यकर्ताले प्रहरी घेरा तोडेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो। प्रहरीको गोली लागि अन्दाजी ५८ वर्षीय द्रौपतीदेवि चौधरीको मृत्यु भएको हो।

चोपडा घर भएकी चौधरी रंगेली बजारमा पाहुना आएकी थिइन्। काली मन्दिर नजिक प्रहरीले चलाएको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। यस्तै घटनामा प्रहरीसहित दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन्। झडपका क्रममा एकजना प्रहरी घाइते भएका छन् भने मधेसी मोर्चाका अर्का कार्यकर्तालाई पनि गोली लागेको छ ।

घाइते हुनेमा सत्यनाराण यादव, विरेन यादव र मुनाको मात्र नाम खुलेको छ। प्रहरी करिब ५० राउन्ड भन्दा बढी हवाइ फायर र दर्जनौ अश्रुग्यास प्रहार गरेर भीडलाई नियन्त्रण गर्ने प्रयास गरेको छ।

तपाईको प्रतिक्रिया