चितवन। चितवनको भरतपुर ५ विकास चोकमा अवस्थित अर्बिट स्कुलले विश्व वातावरण दिवस (जून ५) को अवसरमा अन्तर्राष्ट्रिय अन्तर विद्यालय अनलाइन पोस्टर तथा प्ला कार्ड प्रतियोगिता सम्पन्न गरेको छ । सो प्रतियोगितामा इन्डोनेसिया, फिलिपिन्स, भारत लगायत विभिन्न राष्ट्रका विद्यार्थीहरुले भाग लिएका थिए । जस अनुसार पोस्टर प्रतियोगितामा कक्षा १ देखि कक्षा ४ सम्म समूह मास्टर श्रेषथ नाथ (४) पाठ भवन स्कुल पश्चिम बंगाल भारत (३३५), कक्षा ५ देखि कक्षा ८ सम्म समूह मास्टर सफल झा (६) वाल्मीकि शिक्षा सदन भरतपुर नेपाल (४६७) र कक्षा ९ देखि कक्षा १२ सम्म समूह मास्टर आसिफ अंसारी (१०) नवयुग एकेडेमी इनरुवा नेपाल (८७४) विजेता भएका छन् ।

यस्तै प्ला कार्ड प्रतियोगितामा कक्षा १ देखि कक्षा ४ सम्म समूह मिस निश्मा आचार्य (३) वाल्मीकि शिक्षा सदन भरतपुर नेपाल (१०४६), कक्षा ५ देखि कक्षा ८ सम्म समूह मास्टर बजुद न्यौपाने (७) वाल्मीकि शिक्षा सदन भरतपुर नेपाल (४४५) र कक्षा ९ देखि कक्षा १२ सम्म समूह मिस अर्पना न्यौपाने (१०) प्रेमवस्ती माध्यमिक विद्यालय भरतपुर नेपाल (४३६) विजेता बनेका छन् । अनलाइन भोटिंगको आधारमा विजयीहरुको नतिजा प्रकाशन गरेको स्कुलले जनाएको छ । लकडाउनकाे अवस्थामा पनि विद्यालयले अनलाइन कक्षा संचालनका अतिरिक्त विभिन्न अनलाइन प्रतियोगिता गर्दै आएको छ। हाल विश्व संगीत दिवस को अवसरमा अन्तर्राष्ट्रिय गायन प्रतियोगिता र राष्ट्रिय सास्कृतिक पोशाक प्रतियोगिता समेत भईरहेको कार्यक्रम संयोजक प्रदिप कुमार करले बताए ।












तपाईको प्रतिक्रिया