- धिरेन्द्र नारायण मण्डल

इनरुवा नगरपालिका वडा नं. ४ मा रहेको श्री रामजानकी कृषि सहकारी संस्था लि.को प्रारम्भिक साधारण सभा समापन गरिएको छ । इनरुवा नगर क्षेत्रमा रहेको विभिन्न स्तर र वर्गका मानिषहरुको आम्दानिलाई उचित व्यवस्थापन र भविष्य सुनिश्चित गर्नका लागि यहाँका युवाहरुको समुहले कृषि सहकारीको अवधारणलाई श्री रामजानकी कृषि सहकारी संस्था लिमिटेड संचालनमा ल्याएको छ ।

इनरुवा नगर क्षेत्रमा करिब ९० प्रतिशत भन्दा बढि मानिसहरु कृषि पेशामा आबद्ध रहेका छन । कृषि सम्बन्धी कार्यक्रम ल्याएर यहाँ रहेका आर्थिक विपन्न कृषक र कृषि क्षेत्रमा आबद्ध युवाहरुलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने श्री रामजानकी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष राजकिशोर मण्डलले इनरुवा अनलाईनलाई जानकारी गराउनु भयो । श्री रामजानकी कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा समापन गरि स्थानिय युवा, बुद्धिजिबि र जनप्रतिधि तथा ३ सदस्य निर्वाचन समितिद्धारा नयाँ कार्यसमिति तथा लेखा सुपरिवेक्षक समिति चयन गरिएको छ । पुरानो समिति विगठन गरि नयाँ ११ सदस्य कार्य समिति र ३ सदस्य लेखा सुपरिवेक्षक समिति चयन गरिएको छ । जसमा कार्यसमितिको अध्यक्षमा पुनः श्री राजकिशोर मण्डल र लेखा सुपरिवेक्षक समितिका संयोजक श्री राजकुमार मण्डललाई प्रारम्भिक साधारण सभाबाट निर्वाचन गरि चयन गरिएको छ । साथै उपस्थीत अग्रजहरुले कार्य समितिलाई आगामि कार्यकालको सफलताको सुभकामना दिएका छन ।










तपाईको प्रतिक्रिया