DSC08621
माघ ७ इनरुवा/
इनरुवा नगरपालिका कार्यालयमा टोकन प्रणालीको थालनी गरेको छ । पहुँचका आधारमा सेवा लिने परिपाटीको अन्त्यको उद्येश्यका साथ टोकन प्रणाली थालिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा जाने सेवाग्राहीले कार्यालयको दर्ता चलानी फाँटमा रहेको थर्मल प्रिन्र्टसमा पुस बटम थिचे पछि प्राप्त दुई खाले टोकनका आधारमा राजश्व शाखामा डिजिटल डिसप्लेले अडियो मार्फत टोकन नम्बर भने पछि समबन्धीत फाँटमा गएर सेवा लिन पाइने व्यवस्था इनरुवा नगरपालिकाले जनाएको छ । इनरुवा नगरपालिकाका सुचना प्रविधी स्वयसेवक इन्जीनीयर निरज पोखेलले टोकन प्रणाली संचालन पश्चात सेवा सहज र गुनासो कम हुने बताए ।

हाललाई राजश्व शाखामा एकिकृत सम्पती कर ए लाइनको टोकन र अन्य सिफारिस र करहरुको सि लाइनको टोकन बाट सेवा दिने इनरुवा नगरपालिकाका राजश्व शाखाका प्रमुख मनोज खडकाले बताए ।
सेवाग्राहीको चाप व्यवश्थापन गर्न र आधा घण्टा भित्र सेवा प्रवाह गर्न पछिल्लो टोकन प्रणाली प्रभावकारी हुने नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए ।

तपाईको प्रतिक्रिया