नेपालमा अहिले बाग्मती प्रदेशको रसुवा भन्दा बाहेक बाँकी ७६ जिल्लामा कोरोना संक्रमित भेटिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ। संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन्। सरकारले पछिल्लो समय दैनिक १० हजार स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ। अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय जनाको स्वाब परीक्षण भइसकेको छ। हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।










तपाईको प्रतिक्रिया