७ माघ, विराटनगर । मधेसी मोर्चाका कार्यकर्ताहरुले विराटनगरको जलजला मोडमा युवासंघका एक कार्यकर्तालाई सांघातिक आक्रमण गरी घाइते बनाएका छन् ।

युवासंघका पूर्व जिल्ला कमिटी सदस्य मनोज सिंहलाई मोर्चाका कार्यकर्ताहरुले आक्रमण गरेर घाइते बनाएका हुन् । उनको अवस्था गम्भीर छ । सिंहलाई उपचारका लागि न्यूरो अस्पताल लगिएको छ ।

पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरेको अभियोगमा जेल सजाय काटेर सिंह हालै रिहा भएका थिए ।

तपाईको प्रतिक्रिया