- सुरेन्द्र मेहता

इनरुवा। सुनसरीको कोशी गाउँपालिकाका अध्यक्षलाई आज मानवअधिकार कर्मिहरुले ज्ञापन पत्र बुझाएको छ । मानव अधिकार समूह कोशीले पाँच बुदे ज्ञापन पत्र गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी लाई बुझाएको हो । समुहको तर्फ बाट मुस्ताक आलम, सुरेन्द्र मेहता सहितकाले पत्र बुझाएका हुन । मानवअधिकार समुहका जिल्ला अध्यक्ष रमेश भट्टराई, गैरसरकारी संस्था संघकाका मेघराज न्योपाने, इन्सेक प्रतिनिधि जयकृषण यादव, पत्रकार मिकाइल आलम लगायतको उपस्तिथि रहेको थियो ।

मानव अधिकार समूहका माग तथा सुझाहरु :

१. यस गाउँपालिकाका सबै वडामा मासिक वा त्रेमासिक रुपमा स्थानीय सरकारले गर्ने शिक्षा, खाध्य, आवासको अधिकार बारेमा अन्तक्रिया कार्यक्रम गर्नु पर्ने ।

२. मानवअधिकार रक्षाका लागि मानवअधिकार मैत्री बजेट बिनयोजन गर्नु पर्ने ।

३. गाउँपालिकाका सबै विधालयको मानव अधिकार समूह सहित पालिका, शिक्षा शाखाले नियमित अनुगमनगरि पृष्ठपोषण गर्ने अभियान वा कार्यक्रम ल्याउनु पर्ने ।

४.गाउँपालिकाका सबै स्वास्थय संस्थाहरुको अवस्था औषधी भएको वा नभएको विषयमा मानवअधिकार समूह सहित पालिका, स्वास्थ शाखाले नियमित अनुगमन गरि पृष्ठपोषण गर्ने अभियान वा कार्यक्रम ल्याउनु पर्ने ।

५. प्रत्येक वडामा कम्तीमा २० हजार रुपैयाँ बराबरको एउटा एउटा कार्यक्रम गर्ने र पालिका स्तरीय एक लाख रुपैयाँ बराबरको बृहत शिक्षा, स्वास्थ र आवासको अधिका बारेमा अन्तरकृया कार्यक्रम गर्ने बजेट बिनियोज गर्नु पर्ने ।








तपाईको प्रतिक्रिया