देवानगञ्ज गाउँपालिकाको कार्यालयले आर्थिक वर्ष २०७७।०७८ को लागि ५२ करोड ३४ लाख ४८ हजार ५ सय ४० रुपैया अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँ सभाका बिच सार्वजनिक गरिएको बजेट पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा लक्षित छ ।

प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेका अनुसार बजेट समावेशी र पारदर्शी छ । सबैको सहमतीमा बजेट ल्याइएकाले गाउँपालिकाले लिएको लक्ष साकार हुने न्यौपानेको विश्वास छ ।
गाउँपालिकाले सार्वजनिक गरेको अनुमानिय आय व्यय विवरणमा आन्तरिक आय नियमित तर्फ ६० लाख र अल्या क्रमागत योजना सहित ८ करोड ५० लाख अनुमान गरेको छ । गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई आय विवरणमा समावेश गरेको छ ।भ्वाइस अफ चिल्ड्रेनले गाउँपालिकालाई २५ करोड र सम्पूर्णता जिवनको लागि यूवा सृजनाहरुले १ करोड ३९ लाख ६ सय २९ रुपैंया बजेट विनियोजन गरेको गाउँसभामा जानकारी दिइयो ।









तपाईको प्रतिक्रिया