नेपाल औषधी व्यवसायी संघको ४७ औं स्थापना दिवसको मनाईएको छ। इनरुवामा दिप प्रज्वलन गरि संघको स्थापना दिवस मनाईएको हो। नेपाल औषधी व्यवसायी संघ सुनसरीले इटहरी, धरान, इनरुवा लगायतका सहरहरुमा ४७ औं स्थापना दिवस मनाईएको हो।

साझ इनरुवा स्थित गोल चौकमा दिप प्रज्वलन गरि स्थापना दिवस मनाईएको हो। इनरुवाका दर्जन भन्दा बढी औषधी व्यावसायीले साझ आफ्ना व्यापरीक प्रतिष्ठानमा र लगतै गोल चौकमा समेत दिप प्रज्वलन गरेका हुन। इटहरीमा रहेको नेपाल औषधी व्यवसायी संघ सुनसरीको कार्यालयमा झण्डोत्तोलन तथा इटहरीमा रहेको मायाघर नेपालमा करिब चालीस हजार बराबरको निःशुल्क औषधी बितरण गरिएको सुनसरी शाखाका सह-कोषाध्यक्ष सत्रुधन शाहले जानकारी दिए। स्थापना दिवसका अवसरमा सम्पुर्ण संघमा आब्द्द व्यावसायीलाई शुभकामना तथा धन्यवाद दिदै आगामी दिनमा अझ एक जुट हुदै स्वास्थ्यक्षेत्र जस्तो मानविय संवेदनशिल पेशालाई सामाजिक उतरदायित्व सम्झिन सह-कोषाध्यक्ष शाह आग्रह गरे।








तपाईको प्रतिक्रिया