नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुग्यो। पछिल्लो २४ घन्टामा ४३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ। संक्रमितमध्ये २६५० जना निको भएर घर फर्किएका छन्। नेपालमा अहिलेसम्म जनाको पिसिआर मेसिनबाट १९९७३७ परीक्षण गरिएको छ भने ७४ हजार २२ जना अझै क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।








तपाईको प्रतिक्रिया