मोरङ। मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरमा बक्राहा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । खोलाको डिलमा बसेर गाईगोरु चराई रहेका बेला अचानक आएको बाढीले बगाएर बिहीबार साँझ ६ बजेतिर ५५ वर्षीया मायादेवी साह बेपत्ता भएकी थिइन् ।

खोलाले बगाएर बेपत्ता बनेकी साहको शव घटनास्थल भन्दा लगभग तीन किलोमिटर दक्षिणमा शुक्रबार फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले जानकारी दिए । महिलालाई खोलाले बगाएर बेपत्ता बनाएपछि आफन्त, स्थानीय बासिन्दा र प्रहरीले खोजी थालेका थिए ।








तपाईको प्रतिक्रिया