- सुरेन्द्र मेहता

इनरुवा। सुनसरीको भोक्राहामा प्रधानमन्त्री कृषि ज्ञान केन्द्रद्वरा किसानहरुलाई पचास प्रतिशत अनुदानमा कृषिसामग्री बितरण गरिएको छ । सामुहिक मकै खेती ब्लक संचालन समिती अन्तर्गत भोक्राहा नर्सिंह वडा नं. २ का किसानहरुलाई कृषि सामग्री तथा औजार बितरण गरिएको छ।

पानि तान्ने मोटर ६ थान, होन्डा पम्प ६ सेट, बोरिङ्ग ६ थान, डिजिटल तराजु ८ थान, तृपाल १८ थान, तरकारी बोक्ने क्यारेट १५० थान, मल बीउ बिसादी, दुई दिने तरकारी खेती तालिम सहित किसानलाई सहयोग गरेको कुशवाहा तरकारी तथा बिज वृद्धि उत्पादन कृषक समुहका अध्यक्ष चन्द मेहताले बताए। वडा अध्यक्ष आलम अन्सारीको रोहवरमा किसानहरुलाइ सम्पुर्ण सामग्री तथा ओजार पचास प्रतिशत अनुदानमा बितरण गरिएको मेहताले बताए ।








तपाईको प्रतिक्रिया