काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाइ हटाउने प्रयास गरिरहेको बताएका छन् । उनले त्यस्तो नसोच्न भारतलाइ चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले नेपालका नयाँ नक्सा जारी गर्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न भारतलाई चेतावनी दिएका हुन् ।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भारतीय मिडिया, बौद्धिक बहस र काठमाडौँस्थित दूतावासका क्रियाकलापले आफूलाई हटाउन प्रयास गरिरहेको देखिने बताए । चीनसँग पारवहन सम्झौता गर्दा यसअघिको आफ्नो सरकार ढलेको स्मरण गर्दै ओलीले अहिले हाम्रो बहुमत छ । उनले भने, आफ्नो भूमिमा दावी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछ भन्ने कसैले नसोचे हुन्छ । उनले भने, ‘कोसिस गर्नेलाई गर्न दिऔँ । कसैले हतार नगरे हुन्छ । यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न । आजका लागि होइन भोलिका लागि आफ्ना लागि होइन देशका लागि ।’ उनले सरकारले नयाँ नक्सा छापेर कुनै गल्ती नगरेको पनि स्पष्ट पारे । उनले भने, अरुको जमिन अतिक्रमण गरेको होइन कुनै गल्ती गरिएको छैन ।








तपाईको प्रतिक्रिया