नेपालमा थप ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ६ जना सहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

संक्रमितमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बितेको २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो ।
ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो । मन्त्रालयका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि ३० वर्षिय पुरुष अस्पताल भर्ना भएका थिए । आइसीयुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । १३ गते बेलुकी नै उनको निधन भएको थियो । उनको हिजोमात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो । तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिन अस्पतालमा उनी उपचारका लागि गएको मन्त्रालयले जनाएको छ । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।








तपाईको प्रतिक्रिया