फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ हटाउन प्रहरीले फेसबुकलाई पत्राचार गरेको छ।तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्।उक्त भिडिओ उनको फेसबुकबाट हटाउन सकिएको छैन।

उनको फेसबुक वालमा रहेको भिडिओ हटाउन फेसबुकलाई पत्राचार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। उक्त भिडिओ हटाउने प्रक्रिया सुरू गरिदिन इप्रका दाङले साइबर क्राइम ब्यूरोलाई खबर गरेको हो।‘साइबर क्राइम ब्युरोले उक्त भिडिओ हटाइदिन फेसबुकलाई पत्राचार गरिसकेको जानकारी प्राप्त भएको छ,’ उनले भने।उनको फेसबुकमा हालसम्म पनि लाइभ भिडिओ बन्द भएको छैन।यसले अरू फेसबुक प्रयोगकर्तालाई असर पर्ने प्रहरीको भनाइ छ।प्रहरीले आत्महत्या गरेकी युवतीको मोबाइलको लकसमेत खोल्न सकेको छैन।‘मोबाइल लक खोल्न यहाँ सम्भव छैन। मोबाइलमा प्याटर्न छ यो खोल्न पनि काठमाडौंमा पठाउनुपर्ने रहेछ,’ उनले भने।उनले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेकी थिइन्।‘मृत्यु भइसकेको व्यक्तिको फिंगर प्रिन्टले काम नगर्दा समस्या भयो,’ उनले भने। सेतोपाटीको सहयोगमा




तपाईको प्रतिक्रिया