bangabandhu goldcup८ माघ काठमाडौ । बंगबन्धु गोल्डकपको फाइनल उपाधीको लागी आज नेपाल र बहराइन भिड्दै छन ।बंगलादेशको ढाकामा रहेको बङ्गबन्धु रंगशालामा आज नेपाली समय अनुसार दिउँसो ४ बजेर ४५ मिनेटमा खेल सुरु हुने भएको हो ।मंगलबार भएको माल्दिभ्स विरुद्धको खेलमा ४-१ ले विजयी हुदै नेपाल १७ वर्षपछि औपचारिक फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो । भने नेपाल १९९३ पछि कुनै पछि अन्तराष्ट्रिय उपाधी चुम्न सकेको छैन ।नेपालले आज बहराइनससंग जित हासिल गरेको खण्डमा २३ वर्ष अघिको उपाधी विहिन यात्रा तोडिने छ ।

 

तपाईको प्रतिक्रिया