- बिरेन्द्र शाह

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ईटहरीले सरसफाईसंग सम्बन्धित सामाग्री हस्तान्तरण गरेको छ। एक कार्यक्रमका बिच कोशी गाउपालिकाको कार्यालयमा सो सामाग्री हस्तान्तरण गरिएको हो। कोशी गाउपालिकाको क्वारेन्टाईनमा रहेका क्वारेन्टिनहरुको दैनिक सरसफाईमा प्रयोगहुने सामाग्रीहरु हस्तान्तरण गरिएको हो।

विश्व माहामारीको रुपमा फैलिदै गैरहेको कोरोना भाइरस संक्रमण न्युनिकरण सन्दर्भमा जिल्ला अन्तर्गत व्यवस्थापन गरिएका क्वारेनटाइनहरुमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ईटहरीले सरसफाईसंग सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरिएको हो। फिनेल, हर्पिक, ट्वाइलेट ब्रस, प्लाष्टिकका बालटिन, वाटा, मग, ह्याण्डवास, स्यानिटेशन हाइजिन किट, नेल कटर, टुथ ब्रस आदी जस्ता सरसफाईसंग सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरिएको हो।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ईटहरीका ईन्जिनियर गोपी लाल भगतले उक्त सामग्री कोशी गाउपालिकाका अध्यक्ष ऐयुब अंसारीलाई जिम्मा लगाएका थिए । उक्त सरसफाईसंग सम्बन्धित सामाग्रीहरु बुझ्ने कार्यक्रममा कोशी गापाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, स्वास्थ्य शाखाका मो. जमिल अख्तर लगायतको उपस्थिती रहेको थियो । उक्त सामाग्रीहरु आवश्यकताका आधारमा कोशी गाउपालिकाको क्वारेन्टाईनहरुमा पठाईने अध्यक्ष अंसारीले बताएका छन। यसैगरि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ईटहरीले इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउपालिकालाई समेत आज एक कार्यक्रमका बिच सरसफाईसंग सम्बन्धित सामाग्री हस्तान्तरण गरेको छ।




तपाईको प्रतिक्रिया