मुम्बई । अमिताभ बच्चनलाई शनिबार साँझ नानावती अस्पतालमा भर्ना गरिएको छ । उनको कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएको छ । उनले आफै सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘म कोरोना पोजेटिभ पाइएको छु । म अस्पताल भर्ना भइसकेको छु ।

मेरो परिवार र स्टाफका सदस्यहरुको परीक्षण भएको छ । उनीहरुको रिपोर्ट आएको छैन । पछिल्ला १० दिनमा मेरो सम्पर्कमा आएका सबैलाई अनुरोध गर्दछु कि वहाँहरुले पनि आफ्नो कोरोनाको परीक्षण गराउनुहोला ।’दैनिक भास्करका अनुसार अमिताभका छोरा अभिषेक बच्चनलाई पनि हल्का लक्षण देखिएको छ र उनलाई पनि अस्पताल भर्ना गर्न सकिनेछ । त्यस्तै घरका कर्मचारी र उनका पर्सनल स्टाफको पनि कोरोना परीक्षण गरिनेछ ।



तपाईको प्रतिक्रिया