- धिरेन्द्र नारायण मण्डल

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ४ मा रहेको कुरुवा खोलाको बाढी बस्तीमा प्रवेश गरेको छ । कुरुवा खोलामा रहेको जिर्ण र सँघुरो पुलको कारण पानि खोला बहिर भएर बग्ने गरेको छ । निरन्तर वर्षाको कारण पानिको बहाव बढेर खोलाको पानि गाउँ बस्तिमा प्रवेश गरेको स्थानियहरुले बताएका छन । खोलामा रहेको साँघुरो पुलको स्तर उन्नति नहुदाँ बर्षैपिछे आएको बाढिले स्थानियहरुको जनजिवन कष्ठकर हुदैँ आएको छ । सानो र जिर्ण पुलको कारण बाढी आउदाँ बाटोमा खोला बग्ने गरेको र घरदेखी बजारसम्म जान आउन कठिन भएको स्थानियहरु गुणासो गरेको छ ।

बर्षेनी बर्खाको समयमा आएको बाढिले धान बालि समेत बगाएर लानेगरेको कृषकहरुले गुणासो पोखेका छन । बारम्बार सम्बन्धीत निकायलाई जानकारी गराउँदा पनि बेवास्ता गर्दै आएको इनरुवा नगरपालिका वाडा नम्बर ४ का सदस्य श्री लक्ष्मीनारायण बर्माले जानकारी दिनुभयो । कुरुवा खोलाको बाढिले कृषक, व्यापारी लगायत सबैले सास्ती भोग्नु परेको वडा ४ का सदस्य बर्माले बताउनु भएको छ । यता नगर प्रमुख राजन मेहता संग यस विषयमा बुझ्दा कुरुवा खोलाले प्रत्येक वर्ष झै यस वर्षपनि नगरबासीलाई दुख दिएकै छ। कुरुवा खोलाको पुल निर्माणका लागि प्रदेश सरकार र संघिय सरकार संग हाम्रो पहल जारि नै छ। पुलको प्रारम्भिक डिपिआर भै सकेको र पुल निर्माण कार्य यसै वर्ष हुने बताए।

धरानबाट आएको सेउती खोलाको पानि कुरुवा खोलामा मिसिएको छ । बर्खाको समयमा जिर्ण र साँघुरो रहेको पुलले पानिको बहाब थेग्न नसकेर खोलाको पानिले गाँउबस्ती नै डुबानमा पर्दै आएको स्थानियहरुले जनाएका छन । जिर्ण रहेको पुलबाट ठुलो क्षति हुनबाट जोगाउन समयमैं सम्बन्धीत निकायको ध्यान जान जरुरी देखिएको छ ।




तपाईको प्रतिक्रिया