सुनसरीको बराहक्षेत्र नगरपालिकामा एक महिला खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् । बराहक्षेत्र नगरपालिका-५ पोखरीया बस्ने ६५ बर्षीया बिष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् । आज बिहानै ४ बजे मर्निङ्गवाकमा निस्किएकी दाहाल पौने ७ बजे स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको भनी जानकारी पाए संगै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटी गई मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।




तपाईको प्रतिक्रिया