- अमर काफ्ले

इनरुवा। सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन भएपनि अबको केही घण्टामा भने घट्ने संकेत देखिएको छ । बिहानको तुलनामा कोशीको बहावको मापनमा कमी आएको छ । कोशी ब्यारेजको पछिल्लो मापन अनुसार पानीको बहाव ३ लाख ३५ हजार ४ सय २५ क्यूसेक प्रतिसेकेण्ड छ । ब्यारेजका ४६ ढोका खोलिएका छन् । बराहक्षेत्र र चतरामा हुने मापनमा नदीको बहाव घटेकाले कोशी ब्यारेजमा समेत क्रमशः बहावमा कमी आउने अनुमान गरिएको छ ।

बराहक्षेत्रमा गयराती २ लाख ८५ हजार क्यूसेक सम्म पुगेको बहाव त्यसयता भने घट्दो क्रममा छ । चतरा मापन केन्द्रमा पानीको सतहले सर्तकता लेवल पार गरेको भएपनि अहिले भने मापनमा कमी आएको छ । पछिल्लो मापन अनुसार चतरामा पानीको बहाव ५ दशमलव ८१ मिटरमा छ । चतरामा पानीको सतह ६ मिटर नाघे सर्तकर्ता लेवल मानिन्छ भने ७ मिटरलाई खतरा । चतराको मापन रातीको समयमा सर्तकर्ता तह पार गर्दै ६ दशमलव ८८ मिटरमा पुगेको थियो । जस कारण समेत कोशी ब्यारेजको बहाव उच्च मापनमा देखिएको हो ।

कोशी ब्यारेजमा अहिले पनि पानीको बहाव उच्च छ । ब्यारेजमा गरिने मापनमा पानीको तह डेन्जर जोनमा छ । यद्यपी चतरामा पानी घटेकाले कोशी ब्यारेजमा हुने मापनमा समेत अबको केही घण्टामा कमी आउने अनुमान गरिएको छ । चतरामा मापन गरिएको उच्च बहाव कोशी ब्यारेजमा मापनमा आउन समय लाग्ने भएकाले समेत ब्यारेजको बहावमा उतारचढावको अवस्था रहन्छ । सुनसरी प्रशासनले ब्यारेजमा पानी उच्च रहेपनि चतरामा कमी आएकाले बहाव घट्दै जाने जनाएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी र सावधानी अपनाइएको छ । प्रशासनले स्थानीय तह मार्फत तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन सुचित समेत गराएको जनाएको छ । नदीले केही स्थानमा तारजाली बगाउन थालेकाले मर्मतमा जुटेको सुनसरी प्रशासनले जनाएको छ ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया