sp pokharel 6

इनरुवा माघ ९/ सुनसरीको बबिया गाविस स्थित रहेको परापूर्व कालिन भगवति मन्दिरमा दाताहरुको सहयोगमा नयाँ संरचना निर्माण हुने भएको छ ।
सदरमुकाम इनरुवाका साथै दक्षिणी भेगका सर्वसाधारणको आस्थाको केन्द्रका रुपमा रहेको भगवति मन्दिर प्राङगणमा पक्की भवन निर्माण गर्न लागिएको हो ।
स्थानीयवासी सुमन प्रधानले स्वर्गिय पति पुष्पमणि प्रधानको स्मृतिमा आर्थिक सहयोग उपलब्ध गराउने भएपछि मन्दिर व्यवस्थापन समितिले पूर्वाधार निर्माणको क्रम थालेको छ ।
सुनसरी क्षेत्र नम्वर ४ का सांसद सीताराम मेहताले मन्दिर हातामा निर्माण हुन लागेको संरचनाको शिलान्यास गर्नु भएको छ ।
दुई कोठे पक्की भवनबाट सुरुवात थालिएको भवन निर्माण कार्यकालागि अन्य दाताहरुले समेत सहयोग उपलब्ध गराउने बताएकाले थप पूर्वाधार निर्माण हुने विश्वास लिएको मन्दिर व्यवस्थापन समितिका सहसचिव विनोद खनालले बताए ।
भगवति मन्दिरमा दशैंको नौरथा अवधीभर विशेष पुजाआजा गरिँदै आइएको छ । सो अवधीभर मन्दिरमा दशैं मेला समेत लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया