सुनसरीको निर्वाचन क्षेत्र न. ४ मा ३८ औ वि.पि. स्मृति दिवस मनाइएको छ। माहामानव वि.पि. कोइरालाको ३८औ स्मृति दिवसको अवसरमा सुनसरीको निर्वाचन क्षेत्र न. ४ मा रहेको विभिन्न क्वारेन्टाइनहरुमा फलफूल तथा माक्स बितरण गरिएको छ। स्मृति दिवसमा हरिनगर गाउँपालिका, भोक्राहानर्सिङ गाउँपालिका, कोशी गाउँपालिका र बरहाक्षेत्र नगरपालिकाका भित्रका क्वारेन्टाइनहरुमा फलफूल तथा माक्स वितरण गरिएको हो।

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र न.४ तथा वि.पि. कोइराला अध्यन प्रतिस्ठान लौकही सुनसरीको संयुक्त आयोजनामा उक्त स्मृति दिवस कार्यक्रम सम्पन्न गरिएको प्रतिस्ठानका सचिव नइम अन्सारीले जानकारी दिए।

स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि सुनसरी निर्वाचन क्षेत्र न ४ का नेका सभापति तथा कोशी गाउपालिकाका अध्यक्ष ऐयुब अन्सारी, अतिथिहरुमा हरिनगर गाउपालिकाका अध्यक्ष गफार अन्सारी, इनरुवा नगरपालिकाका उपमेयर जमुना पोख्रेल, नेका जिल्ला कोषाध्यक्ष पन्कज महतो, नेका क्षेत्र न ४ उपसभापति सदानन्द मन्डल, महिला संघ क्षेत्र अध्यक्ष तथा कोशी गाउपालिकाका उपाध्यक्ष अनिता यादव, प्रतिस्ठानका अध्यक्ष नन्द कुमार सिग्देल, नेपाल मुस्लिम संघ १ न प्रदेश अध्यक्ष इस्राइल मन्सुरी, नेका क्षेत्र ४(क) सभापति उपेन्द्र कट्वालका साथै प्रतिस्ठान सदस्य डिल्ली कार्की, इन्दु बराल लागायतका उपस्थिति रहेको थियो ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया