- अमर काफ्ले

प्रधानमंत्री केपी शर्मा ओलीले राम जन्मभूमिको विषय उठान गरेसँगै यतिबेला उक्त विषय खोज र अनुसन्धानको पाटो बनेको छ । पर्साको ठोरीमा प्रमाण संकलनमा पुरातत्व विभाग जुट्दा सुनसरीको रामधुनीमा रामसँग जोडिएका विषय समेत खोजी र अनुसन्धान गरी प्रचारप्रसारमा ल्याइनु पर्ने आवाज जनस्तरबाट उठ्न थालेको छ । रामधुनी मन्दिरलाई पूर्वको प्रख्यात धार्मिक स्थलका रुपमा हेर्ने गरिन्छ । पटक पटक रामधुनी मन्दिर संरक्षणको आवाज उठिरहँदा प्रधानमंत्रीको पछिल्ल्लो अभिव्यक्ति सँग सँगै जोडेर मन्दिर संरक्षण र प्रचारप्रसारको पाटोमा अघि बढ्न सक्नु पर्ने आवाज बाहिरिन पुगेको छ ।

रामधुनीमा रामले बालेको आगो निरन्तर बलिरहेको जनविश्वास रही आएको छ । घना जङ्गलको बिच भागमा रहेको मन्दिर राम र लक्ष्मणसँग सम्वन्धित अनगिन्ती धार्मिक प्रशंग जोडिएकाले समेत त्यसको खोज र प्रचारप्रसार हुनु पर्ने आवाज उठ्न थालेको हो । धुनीलाई रामायण सर्किटसँग जोड्ने चर्चा चलिरहेका बेला प्रधानमंत्रीबाट आएको अभिब्यक्तिलाई धेरैले रामसँग जोडिएका नेपालका विभिन्न धार्मिक स्थलहरुलाई भएपनि एक सुत्रमा बाँध्ने काम गरिनु पर्ने माग गरिरहेका छन् ।

परापूर्व कालिन मन्दिर भएर पनि रामधुनी प्रचार र प्रसारमा भने निकै पछि छ । बनबासको क्रममा रामले धुनी बालेर रात बिताएको देखि रामले छाडेर गएको खराउ, रथको पाङग्रा जस्ता पौराणिक आधार समेत मन्दिर परिषरमा भेट्न सकिन्छ । कमण्डलु कुण्ड जहाँ सीताले नुहाएको समेत किवंदन्ती रही आएको छ । मन्दिर परिषरमा कछुवाको तालमै भएपनि संरक्षणका प्रयासहरु चालिएका छन् । यद्यपी अझै त्यो पूर्ण हुन भने सकेको छैन् ।

व्यवस्थापन समितिको सकृयताका कारण मन्दिरको विगत र वर्तमान भने फेरिएको छ । सिंगारिएको छ रामधुनी । पिच बाटोले दर्शनार्थीकालागि मन्दिर पुग्न थप सहज बनाएको छ ।त्यतिमात्र नभएर मन्दिर क्षेत्रमा निर्माणाधिन प्राचिन शैलीका संरचना र सम्पदा संरक्षणका सवालमा चालिएका कदमले रामधुनी मन्दिरको गरिमालाई थप उच्च बनाएको छ । परापूर्व कालिन सम्पदा र धार्मिक आस्थाको केन्द्र रामधुनीको संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको दायित्व हो । दर्शन मात्रले मनले चिताएको पुग्ने जनविश्वास रही आएकाले समेत रामधुनीको महिमा अपरम्पार छ । त्यसैले ढिला नगरी आजै मन्दिरको दर्शन गरौं । पूण्य कमाऔं ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया