इनरुवामा आज थप दुई जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। इनरुवा नगरपालिका वडा नं. ७ र ८ घर भएका संक्रमितहरु पुरुष रहेका छन। इनरुवा नगरपालिका स्वास्थ्य शाखाका संतोष देवका अनुसार गत बुधबार दुवै जनाको स्वाब संक्लन गरि परिक्षणकालागि पठाईएको थियो।

वडा नं. ७ घर भएका संक्रमित साउदी अरबबाट र वडा नं. ८ घर भएका संक्रमित बहराईनबाट नेपाल आएको देवले बताए। संक्रमित दुवै जना इनरुवा नगरपालिकाको भगवती मा. वि. क्वारेनटाईनमा बस्दै आएकाहुन। संक्रमणको पुष्टी भए संगै दुवै जनालाई गोठगाउँको पुर्वाञ्चल विश्वविधालयमा सञ्चालन गरिएको आईसोलेसनमा लगिएको छ। यो संगै इनरुवा नगरपालिकाको क्वारेनटाईनमा बस्दै आएका कोरोना संक्रमितको संख्या ६ पुगेको छ। जसमध्ये भगवती मा. वि. क्वारेनटाईनमा बस्दै आएका २ जना र ४ जना निको भएर घर फर्किसकेको स्वास्थ्य शाखाका देवले बताए। गत बुधबार क्वारेनटाईनमा बस्दै गरेका १८ जना र अन्य १३ जना गरि जम्मा ३१ जनाको स्वाब संक्लन गरि परिक्षणकालागि पठाईएकोमा २ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो। संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको जनाईएको छ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया