विराटनगर । विराटनगरमा एकै दिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ जना प्रहरी र तीन सर्वसाधरणसहित विराटनगरमा २२ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार इलाममा पनि नौं जनामा संक्रमण पुष्टि भएको छ ।

विराटनगरमा १९ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको हो । इलामको इलाम नगरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए । याे सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया