विराटनगर। विराट नर्सिङ होममा कार्यरत थप चारजना स्वास्थ्यकर्मीमा कोरोना भाईरस पोजेटिभ देखिएको छ । गत मंगलबार ६५ वर्षीय बरिष्ठ चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षण गरिएको थियो । योसँगै नर्सिङ होममा आवद्ध रहेर संक्रमित हुनेको संख्या पाँच पुगेको छ । पोजेटिभ रिपोर्ट आएकाहरु क्रमशः २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन् ।

स्वाब संकलन गरेर परीक्षण गरिएका ५८ जना मध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको हो । ५४ जनाको रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारी तथा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्नु पर्ने माग गरेका छन् । कर्मचारी र स्वास्थ्यकर्मी गरेर अस्पतालमा लगभग तीन सयको हाराहारीमा कार्यरत रहेको जनाइएको छ । अस्पताल बिहीबारबाट सिल गरिएको छ । हाल पोजेटिभ देखिएहरुसँग अरु पनि कर्मचारी र स्वास्थ्यकर्मीको सम्पर्क भएको हुन सक्ने अनुमान महानगरले गरेको छ ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया