- सुरेन्द्र मेहता

इनरुवा । सुनसरीको बराहक्षेत्र नगर पालिका वार्ड न ८ भक्ति चोक नजिक सप्तकोशी नदिमा आज एक महिलाको शव फेला परेको छ। स्थानीयका अनुसार कोशी नदिमा दाउरा तानीरहेको बेला नदिले बगाएर नदि किनारामा अडकिएको अवस्थामा महिला शव फेलापरेको हो । कोशीमा दाउरा तान्न नै आएको हुन सक्नै अनुमान गरिएको छ। मृतक महिलाको उमेर ४० बर्ष हुन सक्ने अनुमान गरिएको छ।

शव फेलापर्ना साथ स्थानीयहरुले प्रहरी प्रशासनमा खबर गरेर जानकारी गराएका थिए । शव कसको हो, कहाँको हो, भन्ने विषयमा पहिचान हुन नसकेको स्थानीयहरुले बताएका छन । घटना बारेमा स्थानीय प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको प्रकाशपुर चौकिका इन्चार्ज आसाल राजवंशीले बताएका छन।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया