- बिरेन्द्र शाह

इनरुवा । इनरुवाका ४१ जनाको पिसिआर रिर्पोट आज नेगेटिभ आएको छ। शनिबार सांसद सीताराम मेहता सहित स्थानीय र व्यापारी गरी ४१ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइए थियो। इनरुवा नगरपालिका स्वास्थ्य शाखाका अनुसार विराटनगरको कोशी अस्पतालमा परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा ४१ जनाको रिर्पाेट नेगेटिभ आएको हो ।

कोरोना पोजेटिभ पाइएका इनरुवा ३ महेन्द्र चोकका पुरुष किनमेलका लागि पुगेको पसल इनरुवाको मुख्य बजारमा रहेको र धेरैको आउजाउ हुने गरेकाले समेत सोही कुरालाई आधार मानी संक्रमित व्यक्तिको परिवार सहित छरछिमेक र बजार क्षेत्रका ब्यापारी लगायत ४१ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षण गरिएको थियो । सुनसरी प्रशासनले संक्रमण समुदायमा फैलिन नदिन इनरुवा नगर क्षेत्रमा शुक्रबार देखि लकडाउनको निर्णय गरेको थियो ।

स्थानिय एक व्यापारीका अनुसार “शुक्रबार देखि नै नगरबासी समुदाय स्तरमा संक्रमण फैलिने त्रासमा थिए। तर आज दिउसो ४१ जनाको पिसिआर रिर्पोट नेगेटिभ आउना साथ नगरबासीको मनमा त्रासको वातावरणमा कमी आएको महसुस सजिलै गर्न सकिन्छ।” कोरोना पोजेटिभ पाइएका पुरुष किनमेलका लागि पुगेको पसलमा कोही पनि संक्रमित नरहेको पिसिआर रिर्पोटबाट प्रष्ट भएको र बजारमा फैलिएको अनावश्य हल्लाको पछि नलाग्न पसल धनिको भनाई छ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया