इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा कार्यालय रहेको कृषि ज्ञान केन्द्र सुनसरीबाट संचालित विभिन्न कार्यक्रममा ठुलो अनियमितता भएको भन्दै गुनासो आएको छ । सोमबार कृषि ज्ञान केन्द्र सुनसरीले गरेको आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम सार्वजनिकिकरण तथा स्थानीय तहका कृषि प्राविधिकसँगको समन्वयात्मक बैठकमा जिल्लाका जनप्रतिनिधिहरुले अनियमितताको आरोप लगाएका छन् ।

स्थानीय तहहरुसँग कुनै समन्वय नगरी अपारदर्शी हिसाबले कृषि ज्ञान केन्द्र सुनसरीले कार्यक्रमहरु गरेको सुनसरीका जनप्रतिनिधिहरुले गुनासो गरेका हुन् । आफू निकटका कृषक समूहहरुलाई कार्यक्रम पारेर कागजमा काम भएको देखाइएपनि बास्तबिकता कृषकहरु लाभान्वित हुन नसकेको उनीहरूको भनाइ थियो ।

उक्त कार्यक्रममा बोल्दै इनरुवा नगरपालिकाका मेयर राजन मेहताले कृषि ज्ञान केन्द्र सुनसरीले कृषकहरुलाई भन्दा सिमित कृषक समूहलाई लाभ हुने काममात्र गरेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भएका अधिकांश कार्यक्रमहरु पारदर्शी नभएको गुनासो आएको हो । रातदिन जनताको सम्पर्कमा हामी हुन्छौं समस्या भए जनता हामी कहाँ आउछन् मेयर मेहताले भने । खेतीपातीको सिजन चल्दैछ किसानले मल पाएका छैनन् यो समस्या कसरी न्यूनीकरण गर्न सकिन्छ यसबारे खोइ त छलफल गरेको कृषि ज्ञान केन्द्रले । कृषि ज्ञान केन्द्र सुनसरीले कुनै पनि कार्यक्रमहरु गर्दा जनप्रतिनिधिहरुसँग समन्वय नगरी अपारदर्शी तरिकाले गरेको उनको कथन छ ।

किसानका लागि आएको बजेट वास्तविक किसान समक्ष पुग्न नसकेको बताउदै दुहबी नगरपालिकाका मेयर बेद गच्छदारले त्यसो हुनुमा स्थानीय तहसँग समन्वय अभाव प्रमुख कारक मान्छन् । कृषि क्षेत्रमा आएको बजेटमा कार्यक्रम छनोट गर्नेदेखि सम्पन्न हुँदासम्म वास्तविक कृषकलाई भन्दा केही व्यक्तिलाई लाभ हुने काम मात्र भएको उनको भनाइ छ । लकडाउनको बहाना देखाउदै कृषि आधुनिकीकरण र व्यवसायीकरण गर्न आएको करोडौं रकम दुरुपयोग भएको हुँदा सो बारेमा छानबिन गर्न माग किसानहरुले माग गरेका छन् । दुहबी नगरपालिकाले आफ्नो लगानीमा दर्जनौं किसानलाई विभिन्न तालिम दिएर स्वरोजगार बनाउने काम गरेपनि कृषि ज्ञान केन्द्र सुनसरीले आएको पैसा कृषक समूहमार्फत दुरुपयोग गर्ने काम गरेको मेयर गच्छदार बताउँछन् । आफूहरू मिलेर कृषि आधुनिकीकरण तथा व्यवसायीकरण गर्न चाहेको बताउदै उनले कृषि ज्ञान केन्द्रले सहकार्य र समन्वय गर्न नचाहेको हुँदा समस्या आएको बताए । प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई विश्वास नगरेकोले यस्तो समस्या आएको जनाउँदै मेयर गच्छदारले जनप्रतिनिधि उपर विश्वास गर्न प्रदेश सरकारलाई आग्रह गर्छन् । प्रदेश सरकारले कृषि सम्बन्धि कार्यक्रममा हामीलाई विश्वास गरेन उनले भने स्थानीय तहमा बजेट पठाउदा दुरुपयोग हुन्छ भन्ने उनीहरूको मानसिकता देखियो यस्तो मानसिकता परिवर्तन हुनु आवश्यक छ ।

स्थानीय तहका प्राविधिकहरुसँग समन्वय गरेरै कार्यक्रमहरु गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवको दाबी छ । उनका अनुसार आफुबाट केही कमि कमजोरी भए आफू आगामी दिनमा त्यसलाई सच्याएर अगाडी बढ्ने बताएका छन।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया