प्रदेश १ का २० वटा स्थानीय तह कोरोना भाइरस संक्रमणको जोखिममा छन् । भारतसँग सीमा जोडिएका चार जिल्लाका स्थानीय तहहरु कोरोना संक्रमणको जोखिममा छन्। मोरङका ६, सुनसरी तथा झापाका पाँच-पाँच र इलामका चार वटा स्थानीय तहलाई जोखिमको सूचीमा राखिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख एवं प्रवक्ता डा. सुरेश मेहताले बताए ।

उनका अनुसार प्रदेश सरकारले मोरङको विराटनगर, जहदा, धनपालथान, रंगेली, सुनबर्सी र रतुवामाईलाई कोरोना संक्रमणको जोखिमको सूचीमा राखिएको छ । यस्तै, सुनसरीका कोशी, भोक्राहा नर्सिङ, हरिनगर, कप्तानगञ्ज, बर्जु, झापाको मेचीनगर, भद्रपुर, कचनकबल, झापा गाउँपालिका, गौरिगंज तथा इलामको रोंग, सुर्योदय, माइजोगमाई र सन्दकपुर र उदयपुर समेत कोरोना संक्रमणको जोखिममा छन् ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया