इनरुवा नगरपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पुर्ण सेवाहरु साउन १८ गतेसम्मका लागि बन्द गरिएको छ । नगर प्रमुख राजन मेहताको अध्यक्षतामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रको सन्दर्भमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बुधबार बिहान बसेको बैठकले ४ बुदे निर्णय गरेको छ।

बैठकले इनरुवा बजारका पसल, होटल तथा अन्य सबै प्रकारका व्यवसायहरु स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पुरा गरि बिहान १० बजे देखि दिउसो ४ बजे सम्म मात्र खोल्ने तथा शनिबार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै इनरुवा नगरपालिका क्षेत्र भित्र लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको छ। इनरुवा नगरपालिका वडा नं. ४ मा लाग्ने दैनिक तरकारी बजारमा थोक तरकारी विक्रि वितरण मात्र गर्न पाउने साथै खुद्रा तरकारी विक्री वितरण गर्नकालागि विहिबारे हाटमा व्यवस्थापना गर्ने निर्णय गरेको छ। त्यसैगरि अर्को निर्णयमा इनरुवा नगरक्षेत्र भन्दा बाहिरका सिटी सफारी र अटो रिक्साहरु इनरुवा प्रवेशमा रोक लागाउने निर्णय गरेको छ। इनरुवा नगरपालिकामा बसेको बैठकमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, उधोग वाणिज्य संध इनरुवा लगायतका सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, इनरुवा नगरपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत षड्कुमार पोखरेल, प्रहरी उपरिक्षक कमल थापा, स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाई, उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साहका साथै वडा अध्यक्षहरु समेतको उपस्थिति रहेको थियो।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया