आज बुधबार एकै दिन नेपालमा कोरोना भाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। तिन जना मृतक मध्ये दुईजना पर्साका छन् भने एकजना मोरङका रहेका छन्। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। मृतकलाई आजै विराटनगरको कोसी अस्पतालले रिफर गरेको थियो। दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको पौने पाँच बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई अस्पताल ल्याउँदा नै निमोनियाको समस्या रहेको थियो। सापकोटाले शव व्यवस्थापनका लागि सेनासँग आवश्यक समन्वय भइरहेको जानकारी दिएका छन्। यसअघि बिपी प्रतिष्ठानमा उपचारका क्रममा सप्तरी र धनुषाका दुई जनाले ज्यान गुमाइसकेका छन् र आज मृत्यु हुने प्रदेश १ को पहिलो कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्‍नेतका अनुसार पछिल्लो पटक नेशनल मेडिकल कलेजमा उपचाररत ७० वर्षीय वृद्धको ज्यान गएको हो। त्यसअघि गण्डक कोभिड अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको पनि कोरोनाले मृत्यु भएको थियो। नेशनल मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएका पुरूषको केही बेर अघि कोरोना रिपोर्ट पोजेटिभ आएको हो। गण्डक अस्पतालमा मृत्यु भएका ६२ वर्षीय संक्रमितलाई गत साउन ८ गते कोभिड अस्पतालमा भर्ना गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। यससँगै पर्सामा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ भने आज सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि ५२ पुगेको छ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया