यो कुनै राष्ट्रिय वा अन्तराष्ट्रिय खेल प्रतियोगिताको तैयारी होइन। हाम्रो क्यामेरामा कैद भएको यो अनुहार इनरुवावासीको लागि पक्कै पनि परिचित अनुहार हुनुपर्छ। यिनि हुन श्यामदेव मेहता। इनरुवा नगरपालिका वडा नं. ४ का वर्तमान वडा अध्यक्ष, दिनहुको शारिरीक व्याम यिनकालागि सञ्जिवनि बुटी हो। २०७५ सालको बडा दशैं यिनकालागि अभिषाप साबित भयो सबै बडा दशैंको आगमनलाई स्वागत गर्दै थिए तर यिनि प्यारालाईसिसका सिकार भए। यिनको शरिरको दायाँ भागमा पुर्ण रुपले नचलने भयो ।

२०४० सालमा एस.एल.सी उतिर्ण गरेर सरकारी जागिरको खोजीमा यिनी लागे । लगनशिल र युवा संघठनमा लागेका श्यामदेव मेहता २०४९ सालदेखी निजामति कर्मचारीमा आवद्ध भई भेटनरी इलाका इन्चार्जको जिम्मेबारी पाए । २०५४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नौ सय मत ल्याएर ६ नं. वडाको वडा अध्यक्षमा चुनाव जित्न सफल भए । देश र जनताप्रतिको पुर्ण जिम्मेबारीका साथ आफ्नो कार्यकाल पुरा गरेको वडा अध्यक्ष मेहताले जानकारी दिए। पुनः २०७४ सालमा नेकपाको तर्फबाट वडा अध्यक्षको पदमा ४१० मतको अग्रता हासिल गरेको अनुभव मेहताले बताउछन ।

जनताको प्रतिनिधि भएर काम गर्दै जादाँ २०७५ सालको दशैंको शुभारम्भमा वाड नं. ४ मा रहेको बसपार्कमा सरसफाई कार्यंक्रको आयोजना गरेर सरसफाई समापन गरि नगरले राखेको जिल्ला हस्पिटलको सरसफाई कार्यक्रममा सहभागि भई सरसफाई गर्ने क्रममा एक्कासी दायाँ खुट्टा भारि भयो। त्यसलगत्तै उपचारका लागि बिराटनगर प्रस्थान गरेका उनको उपचार विराटनगरमा संभव नभएपछि भारतमा लामो समय सम्म उपचार गराए।“डाक्टरको सल्लाहा अनुसार वहाँलाई मालिश र शारिरिक व्याम गर्दा अहिले ७५ प्रतिशत सुधार भएको छ” वडा अध्यक्ष मेहताका श्रीमती चन्द्रमणी चमन मेहताले बताउछिन । बिहान सधै शारिरीक व्याम गराएर मालिश गरिसकेपछि १० बजे आफिसको लागि तयार गराएर पठाउँदै आएको श्रीमती मेहता बताउछिन । “डाक्टरको सल्लाहा अनुसार नै खानपान र औषधी समयमै खुवाएर उहाँलाई कार्यलयको लागि तयार गराएर पठाउँदै आएको बताउनु भयो ।“

ब्लड प्रेसर र सुगरको विरामी तेसमाथि शरिरको आधा भाग प्यारालाइसिसले ग्रसित भै उपचारको क्रममा भारतमा हुदाँ मेरो कार्यभार केही समयको लागि जेष्ठताका आधारमा वडा सदस्यलाई सुम्पीदाँ सन्तोषजनक कार्य नभएको जन गुणसो बढेपछि एक महिना अघि देखि मैले आफैले कार्यभार सम्हालेको र कोरोना भाईरसको माहामारीले गर्दा देश लक डाउनको समयमा वडावासीलाई राहत समाग्री लिएर म स्वयम जनताको घरमा उपस्थीत भई राहत वितरण गरेको उनि सम्झिन्छन् । “मेरो पुजा गर्ने ठाउँ मन्दिर होइन जनताको मन हो” मेहता बताउछन ।

साविक वाड नम्बर ६ र ४ मिलाएर अहिले वडा नम्बर ४ भएको छ । यो वाड सच्चै नैं पिच्छडिएको र विकासको अग्रपन्तीमा पर्ने सडक समेत बनाउन नसकेको स्वीकार गर्छन। अब यो आ.ब.मा करिब साढे ३ करोडको बजेट विनियोजन भएको छ र यसपालि लगभग सडकमा धेरैजसो बजेट खर्च गर्ने मेहता बताउछन ।यस वाडामा रहेको त्रिवेणीघाटको करिव ५ बिगाह जग्गा व्यक्तिको नाममा रहेको थियो । पछि मुद्दा लडि सार्वजनिक सम्पति बनाएर अहिले हरियाली पार्क जस्तै भएको छ । अब त्यहि वाड कार्यलय, स्वास्थ्य चौकी, गौशाला र प्रहरी विट राख्ने तयारी लगभग पुरा भईसकेको जानकारी दिए ।

जानताले मलाई यस ठाउँमा ल्याएको छ र जनताको हितको लागि म सदैव अगाडी बढि नै रहने छु । “म आफ्नो स्वस्थ्यको ख्याल गर्दै जनताको सेवाको लगि सदैव त्तपर्र छु। जनतालाई परेको समस्यालाई चिर्न १० बजेदेखी ५ बजेसम्म मात्र होइन जुनै समयमा पनि म तयार छु । आफ्नो स्वास्थ्यको ख्याल गर्दै जनताको सेवामा समर्पीत हुनु एउटा कुशल नेताको माहान्ता हो । सायद जनताको आशिर्वादको परिणामा होला यिनको स्वास्थ्यमा अलौकिक सुधार भएको छ। वडामा रहेको समस्यलाई समाधान गर्दै अग्रपनतीमा रहेको विकास निर्माणका कार्यहरुलाई अगाडी सार्नु र तपाई चाडै निको हुनु भगवानसँग प्राथना गर्दै इनरुवा अनलाइन परिवार यहाँको सु–स्वस्थ्य लाभको कामना गर्दछ ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया